किन यति कठोर ?🗣️


हे मनुजात ! किन यति कठोर छौ?

किन नम्र र  मिठास बिना भन्छौ सबै राम्रो?

हरेक काम सही तरिकाले गर्न सकिन्छ,

हल्का नलिऊ, सत्यको बाटोनै हो जित हाम्रो।


समाजलाई जति माया गर्रे त्यति मान पाउँछौ,

राम्रो काम गर्दा सधैं केहीत प्राप्त हुन्छ।

दोष नबटुली, तथ्यमा आधारित काम गर,

जीवनमा सफलता इमानदारीलेनै कमाउछ।


आफैँलाई धोका दिँदा के पाइन्छ?

सिवाय दुःख र विडम्बना बाहेक केही होइन।

उत्तम मानवतावादी बन, बलियो र ज्ञानी,

त्यहि बाटोमा  हिँड जसमा केहि नराम्रो पाइन्न।


पछुताउनु नपरोस आफ्नै कर्मले पछि अन्तमा,

जस्ले घृणालाई बटुली प्रयाश्चित मात्र ल्याउला।

ईश्वरलाई साची राखी गर सधै उत्तम काम,

यसरी अन्तमा तिम्रो कर्मले सुख-शान्ती कमाउला।


✍️डा. नरेन्द्र कुमार शाक्य-एमडी🩺


सत्य तथा यथार्थ !🙏🩷😎🌺

Comments

Popular posts from this blog

Social Thought सामाजिक चिन्तन

Healthcare Awareness