हे प्रकृती!


जानु पर्दैन टाढां-टाढां पार गरेर धेरै समुन्दर ,

हेर्नेनै हो भने छन आफ्नै स्वदेशमा अनेकौ सुन्दर।


यहां के छैन ? कल्पनानै नगरेको अनुभव

प्राप्त हुन्छ,

दुखको अनुभूतिलाई आनन्दित बनाई सुखको आंसु झार्छ।


हिमाल, पहाड मात्र नभनौ अझ नदिनाला र हरियालीले पूर्ण छन,

आकाशको निल गगणमा  पंछी उड्दा हुन्छ दिलनै मौन।


म डुल्छु, घुम्छु, डांडां चढ्छु- अदभुत शक्ति प्राप्त भएझै लाग्छ,

अनि चारै तरफ हेर्छु र महसुस गर्छुकि स्वर्गनै होझै लाग्छ।


यो स्वर्गझै ठाऊलाई अतिरिक्त सुन्दर बनाउनेहो सबै मिली,

किन बनाउन नसक्ने होर ? सबैले हातेमालो गरे अलि अलि।


मत भन्छु यस्तो सुखमय सुन्दर ठाऊ कहि छैन होला,

त्यसैलेत होनि सबैले गर्नुपर्छ यस्को निरीक्षण बेला बेला।


✍️डा.नरेन्द्र कुमार शाक्य-एम.डी🩺


सत्य तथा यथार्थ!🙏🌹🩷



Comments

Popular posts from this blog

Social Thought सामाजिक चिन्तन

Healthcare Awareness